Shittalpati
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक  परिचालन गर्ने

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाकाले सरकारले जारी राखेको लकडाउनलाई प्रभावकारी बनाउन स्वयमसेवक परिचालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच/पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बन्दाबन्दीको पूर्ण पालना गराउन यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । बैठकले क्वारेन्टाईन सम्बन्धी नयाँ तरीकाबाट व्यवस्थापन गर्ने भएको छ । भारत तथा अन्य तेश्रो मुलुक र देश भित्रकै पनी संक्रमण फैलिएको स्थान र त्यसको वरपरबाट आउने अर्थात् नेपाल सरकारले तोकेको रेड जोनबाट गाउँपालिका भित्र प्रवेश गर्ने जो कोहिलाई पनि म्यालपोखरी माध्यमिक विद्ययालय गौडाकोटमा स्थापना गरिने गाउँपालिका स्तरीय क्वारेन्टाईनमा राख्ने बैंठकले निर्णय गरेको छ ।

कोभिड १९ को रोकथामको लागि गाउँपालिका अध्यक्ष अशोक कुमार थापाको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन भएको छ । जसको सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत,स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल,वडाध्यक्ष खुम बहादुर पल्ली र चारपाला प्रहरी चौकी प्रमुख बिजय थारु रहेका छन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल सदस्य सचिव रहेको पाँच सदस्यीय क्वारेन्टाईन स्थापना सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरुमा ३ का वडा अध्यक्ष बलबहादुर थापा, समाजसेवी राजु कार्की र शिक्षक रेख बहादुर थापा रहेका छन् ।

अब स्थापना हुने गाउँपालिका स्तरीय क्वारेन्टाईन म्यालपोखरी माध्यमिक विद्ययालय गौडाकोटमा ५० बेड र यस अघिका विभिन्न वडाहरुमा स्थापना भैसकेका ५५ बेड गरी गाउँपालिकाले १ सय ५ बेड स्थापना गर्ने र आवस्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए । गाउँपाकिाका बिभिन्न क्वारेन्टाईनमा हालसम्म २९ जनाको आरडिटी परीक्षण गरी सबैको रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिसकिएको र अहिले २ जना क्वारेन्टाईनमा रहेको पनि अर्यालले जानकारी दिए । –रामकृष्ण कडेलको सहयोगमा

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update