Shittalpati
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी !

पाल्पा, गुल्मीको तम्घासस्थित धागीथुममा घरभित्रको दलानमा राखेको स्कुटी चोरी भएको छ । विहीबार राती घरको दलानमा पार्किङ्ग गरी राखेको सीता खत्री खड्काको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी भएको हो ।

सधा जस्तै घरभित्रको दलानमा राखेको स्कुटी विहान उठ्दा नरहेको स्कुटी धनी सीता खत्रीले बताईन् । उनले भनिन्‘ सधै दलानमै अरु बाईकसँगै राख्थे,त्यहाँ अर्को बाईक पनि थियो,त्यो लगेको छैन्, स्कुटी मात्र लगेको छ ।’ विहान उठेर स्कुटी निकाल्न खोज्दा स्कुटी नै नभएको खत्रीको भनाई छ ।
‘स्कुटी दलानमा नभएपछि घर वरपर खोज्यौं तर कोही कतै भेटिएन’ सीताका श्रीमान मनबहादुर खत्रीले भने । स्कुटी नभेटिएपछि तत्काल प्रहरीलाई खबर गरेको उनले बताए । खत्रीले स्कुटी खोजिदिन जिल्ला प्रहरी कार्यालयमा शुक्रबार निवेदन दिएका छन् । उक्त निवेदनको आधारमा प्रहरीले स्कुटी खोजी कार्य जारी राखेको जनाएको छ । चोरी भएको स्कुटी रातो कलरको रहेको छ । उक्त स्कुटी देखेमा खबर गर्न स्कुटी धनी खत्रीले सबैलाई अनुरोध गरेकी छन् ।

खत्रीले चार वर्ष अघि स्वरुमबाट स्कुटी किनेकी थिइन् । स्कुटी लग नगरी राखेकाले चोरले सहजै चोरी गर्न सफल भएको अनुमान गर्न सकिन्छ । रातको समयमा भएकाले वरपर र घरका सबै सुतेको बेला चोरले स्कुटी झिकेको हुन सक्ने बताईन्छ । स्कुटीसँगै पल्सर बाईक समेत रहेको थियो । चोरले बाइक भने त्यही छाडेको छ ।

चोरी भएको स्थान जिल्ला प्रहरी कार्यालयदेखि ५ मिनेटको दुरीमा पर्दछ । यहाँ सुरक्षा निकायकै कार्यालय नजिकै असुरक्षित हुँदा स्थानीय त्रसित बनेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update