Shittalpati
जेभिटीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल

कृष्ण पोखरेल
पाल्पा, जनता नमुना माध्यमिक विद्यालय (जेभिटी) तानसेन पाल्पाको विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएको छ । विद्यालयका अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरेको हने ।

जसको अध्यक्षमा भोजराज पोखरेल (रामजी) चयन भएका छन् । समितिको सदस्यहरुमा हरिवोल भट्टराई, शान्ती बस्याल पाण्डे, नर्मता खाती क्षेत्री, चोपलाल गिरी, मनुकला थापा चयन भएका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कपिल कुवँर रहेका छन् । पदेन सदस्यमा वडा अध्यक्ष बाबुरत्न शाक्य रहेका छन् । शिक्षकहरुबाट एक जना प्रतिनिधी विद्यालय व्यवस्थापन समितिमा पठाईने सदस्य सचिव कुवँरले बताए ।

यसैगरी शिक्षक अविभावक संघको अध्यक्षमा सुनिल बुढाथोकी चयन भएका छन् । जसको सदस्यमा मुना पाण्डे, झविन्द्र पौडेल, नारायण ज्ञवाली, विष्णु गौतम, नेत्रप्रसाद गौतम, सिता दमाई,टोपलाल पन्त चयन भएका छन् । पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक रहने छन् । एक जना सदस्यमा विद्यालय शिक्षकबाट परिपुर्ति गरिने जनाइएको छ । विद्यालय व्यवस्थापन समितिको पदावधी ३ बर्ष र शिक्षक अविभावक संघको पदावधि २ बर्ष रहने छ । विद्यालयका १ हजार ३ सय ७० जना विद्यार्थीहरुका अभिभावकहरुले सर्व सहमत रुपमा नयाँ नेतृत्व चयन गरेका हुन् । यस अघि विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा कृष्ण प्रसाद भुसाल रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update