Shittalpati
रामपुरमा पोखरा वि.वि.को क्याम्पस ल्याउन छलफल

पाल्पा, पाल्पाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस ल्याउने विषयमा छलफल भएको छ । स्थानीय सरकार,सरोकारवाला र पोखरा विश्वविद्यालय बिच रामपुरमा आंगिक क्याम्पस सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
विगतदेखि नै रामपुरमा क्याम्पस सञ्चालनका लागि माग भए पनि अहिलेसम्म सञ्चालन हुुन सकिरहेको छैन् । यहाँ क्याम्पस भए पनि पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस नहुँदा सो क्याम्पस ल्याउन माग गरिएको छ । रामपुर नगरपालिका–३ को घट्टारमा भएको छलफलमा पोखरा विश्व विद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले रामपुरमा क्याम्पस सञ्चालनका लागि विगतमा पनि छलफल र वहस भएको बताए । उनले अहिले क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढेको भन्दै छिट्टै सञ्चालनका लागि काम हुुने बताए । क्याम्पस सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गर्ने र कार्यकारी परिषदबाट निर्णय गरेर अघि बढ्ने उनले बताए । उपकुलपति अर्यालले भने,‘आंगिक क्याम्पस स्थापनाका लागि जग्गाको भोगाधिकार दिनुु पर्ने हुन्छ, त्यसो भयो भने सञ्चालनका लागि सहज हुुन्छ ।’ यस क्षेत्रको शैक्षिक विकासमा सक्रिय सहभागिता रहने जनाउदै उपकुलपति उनले तिनै तहको सरकार बिच समन्वय गरेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा पोखरा विश्व विद्यालयका डिन राजेश ठाकुराटीले स्थानीयवासी र स्थानीय सरकारको समन्वयमा क्याम्पस सञ्चालनका लागि विश्व विद्यालय तयार रहेको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले रामपुरलाई जिल्लाकै शैक्षिक हवका रुपमा विकास गर्ने दिशामा नगर सरकार लागेको भन्दै क्याम्पस सञ्चालनका लागि आफुुहरु सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे । विगतका छलफलबाट वातावरणीय प्रभाव मुल्याड्ढनको काम सकिएकाले क्याम्पस स्थापना गर्ने नगर्ने भन्ने विषय पोखरा विश्व विद्यालयमा निहित हुुने नगर प्रमुुख थापाले बताए । उनलले स्थानीय सरकारबाट गर्नु पर्ने जुन सुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update