Shittalpati
प्रेस चौतारी पाल्पाले मनायो स्थापना दिवस

पाल्पा,श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औँ स्थापना दिवस तथा आफ्नो साधारण सभा मनाएको छ । चौतारीले आइतबार पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा पुुगेर स्थापना दिवस तथा साधारण सभा मनाएको हो ।

सभाको पाल्पा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य नारायण आचार्यले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका आचार्यले समाजमा भएका विकृति, विसंगतीका विषयमा सशक्त रुपमा कलम चलाउन पत्रकारहरलाई आग्रह गरे । उनले समाजमा हुुने हरेक समस्याहरुलाई बाहिर ल्याएर सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा लाग्नुुपर्नेमा जोड दिए । सांसद आचार्यले विट पत्रकारिता अहिलेको आवश्यकता रहेको भन्दै त्यसतर्फ ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे । ऐतिहासिक महत्व बोकेको रानीमहल क्षेत्रको प्रचार प्रसारमा लाग्नुुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा प्रदेश सांसदहरु खेमबहादुर सारु, राजुप्रसाद श्रेष्ठ, इन्द्र गहतराज, जिल्ला समन्वय समितिका जिल्ला उप प्रमुख कासीका गैरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिका अध्यक्ष यम चिदी,रिब्दीकोट गाउँपालिकाका निर्वतमान अध्यक्ष नारायणबहादुर जिसी, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्र पाल्पाका सचिव मधुरा ढकाल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, नेपाल प्रेस युुनियन पाल्पाका सभापति भरत शर्मा, प्रेस सेन्टरका जिल्ला कोषाध्यक्ष कमल अधिकारी, पाल्पा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विष्णुु कार्की, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे,जिल्ला हुलाक कार्यालयका प्रमुख जय दीप पन्थी, युुवा संघका केन्द्रीय सचिव तुलबहादुर अधिकारी लगायतले आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा चौतारीले पाल्पाबाट निर्वाचित प्रदेश र संघीय सांसदहरुलाई सम्मान समेत गरेको थियो । चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update