Shittalpati
क्यानविरुद्ध प्रदर्शन

पाल्पा,नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।

क्यानले फेब्रुअरीमा हुने त्रिदेशीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप लामिछानेको नाम पनि समावेश गरेको थियो । त्यसपछि बलात्कारको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै क्यानले सन्दीपलाई समावेश गरेपछि सामाजिक सञ्जालमा ३दयथअयततऋब्ल् अभियान सुरु भएको थियो ।

माइतिघरमा उपस्थित भएका प्रदर्शनकारीले ‘क्यान कि क्याननट्, उता फिक्सिङ गराउने यता आरोपितलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद,’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । यद्यपि, धरौटीमा रिहा भएका सन्दीप धरौटी रकम धेरै भएको र उच्च अदालतले शर्त राखेको भन्दै सर्वोच्च जाने तयारीमा छन् । भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालतको आदेश पछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update