Shittalpati
गुल्मीमा आफ्नै घरभित्र महिलाको शव

गुल्मी, गुल्मीमा आफ्नै घरभित्र महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको घरभित्रै शव भेटिएको हो । ५७ वर्षीय गंगादेवी शेरचनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहान अबेरसम्म शेरचनले ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थलमा पुगेर हेर्दा घरभित्र चेनगेट नजिकै हातखुट्टा टेपले बाँधेर पल्टाएको अवस्थामा शव भेटिएको हो । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गर्ने जनाएको छ । मृतक शेरचनले होटल सञ्चालन गर्दै आएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update