Shittalpati
पाल्पाको रिब्दीकोटमा शौचालय गएकी महिलाको मृत्यु

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा शौचालयमा अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । शनिबार शौचालय गएकी रिब्दीकोट गाउँपालिकाकी –६ वाङसुनकी ५२ वर्षीया विष्णु बगाले अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शौचालय गएकी बगाले लामो समयसम्म पनि नआएपछि उनका श्रीमान हेमबहादुर बगाले गएर ढोका फोडी हेर्दा अचेत अवस्थामा फेला पारेका थिए । उनलाई तत्काल अस्पताल पुुर्‍याइए पनि डाक्टरले चेकजाँचपछि मृत घोषणा गरको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update