Shittalpati
रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर

गुल्मी, जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका – १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको हो ।

गुल्मी दरवारका सुब्बा बस्नेतले आकर्षक मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाÞय पर्यटकहरुको भिड लाग्ने गरेको छ । पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको अवलोकनका लागि पुगेकी लक्ष्मी थापाले बताइन् । उनले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताइन् । पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको दुर्गाबहादुर थापाले बताए । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महार्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ । त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्या स्थल रेसुङ्गामा भगवान श्रीराम भेटन जाने क्रममा त्यहि बाटो भएर जाने क्रममा उनका पाइलाहरु पछिसम्म रहेको पाइएको छ । ति पाइलाहरुमा एकदशीमा पूजा समेत गरिन्थ्यो । पछि बाटो विस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो । अहिले सोहि स्थानमा निजी लगानीमा लाखांै रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महार्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ ।

मन्दिर तथा पर्यटकीय पार्क निर्माण क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । यस क्षेत्रमा निर्माण भएको मन्दिर र रेसुङ्गा क्षेत्रसँग धार्मिक महत्व जोडिएर आउछ । यहाँ धार्मिक महत्वसँगै पर्यटकीय महत्व पनि रहेकाले निजी लगानीमा मन्दिर निर्माण गरेको निर्माण कर्ता सुब्बा बस्नेतले बताए । मन्दिर नजिकै भँगारी भुवनेडाँडा (दारेढुङ्गा) पकिनिक पर्यटकिय स्थलमा बस्नका निम्ति विभिन्न प्रकारका विश्राम स्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । पर्यटकिय स्थलबाट जिल्लाका विभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायतका विभिन्न स्थानहरु समेत देख्न सकिन्छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्य भूमि बनेको छ । अहिले यस क्षेत्रमा विभिन्न संरचनाहरु निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाÞय पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् ।    –अनिल खत्री

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update