Shittalpati
पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ

पाल्पा, प्रभु एयरको हेलिकप्टरका पाईलट तथा क्याप्टेन रानेश डंगोल माथि अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । स्याङ्जामा हेलिकप्टर ल्याण्ड गर्न लगाएर कुटपिट तथा अभद्र व्यवहार गर्ने ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

गत बिहीबार स्याङ्जाको वालिङ नगरपालिका –८ स्थित मालेबगर खेल मैदानमा फुटवल खेल भईरहेको अवस्थमा क्याप्टेन डंगोलले पोखराबाट वालिङ्मा उडान गरी अवतरण गरेका थिए । हेलिकप्टरमा सवार रहेका यात्रु बिनोद गैरे, उज्वल थापा, शुशिल गिरी र खिमबहादुर रानाले चालक डंगोललाई जबरजस्ती उक्त खेल चलिरहेको अवस्थामा खेल मैदानमा नै हेलिकप्टर ल्याण्ड गर्न लगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । ल्याण्ड भए पश्चात आयोजक पक्ष तर्फका याम बहादुर गुरूङ र सुरेश श्रेष्ठले पाईलट डंगोललाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए । उनी माथि कुटपित गर्ने र अभद्र व्यवहार गर्ने ६ जनालाई नै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप गरी थप अनुसन्धन थालेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update