Shittalpati
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा

कृष्ण पोखरेल
पाल्पा, तानसेनमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । तानसेन नगरपालिकाको ७५ प्रतिश, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र ग्रामिण आर्थिक विकास संघ रेडाको सजहजीकरणमा सञ्चालित साझेदारी कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो ।

कार्यक्रमको तानसेनका जनप्रतिनिधी तथा कर्मचारी, पत्रकारहरु, उपभोक्ताको सहभागीतामा समीक्षा गरिएको छ । समीक्षा कार्यक्रममा विगतको अवस्थादेखी अहिलेसम्म भएका काम, गतिविधीका विषयमा तानसेन परियोजनाका कार्यक्रम संयोजक डा. लेखनाथ अधिकारीले जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकास तथा सम्मृद्धिको आधार भनेकै कृषि, पशु र पर्यटन व्यवसाय रहेको बताए । तानसेनमा कृषि, पशु र पर्यटन पुर्वाधारहरुको विकासमा अहिलेको जनप्रतिनिधीहरुले विशेष ध्यान दिने, सोही अनुसार नीति कार्यक्रम र बजेटको व्यवस्था गरेको नगर प्रमुख श्रेष्ठले बताए । तानसेन नगरपालिका भित्र अधिकाश वडाहरु ग्रामीण वडाहरु रहेको, ग्रामीण वडाहरुमा कृषि र पशुपालनको माध्यमबाट ग्रामीण क्षेत्रमा आय आर्जनमा वृद्धि, उत्पादनमा वृद्धि गर्न नगरपालिकाको साथ रहने नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा वडाध्यक्षहरु यादव सिं कार्की, शोभाखर भट्टराई, टुक प्रसाद भट्टराई, प्रदिप खनाल, सुनिल अधिकारी, सोमनाथ अर्यालले परियोजनाले गर्दै आएका काम, योजना, योजना छनौट तथा कार्यान्वयन गर्ने तरीकाका विषयमा जिज्ञासा राखेका थिए । जनप्रनिधी तथा सहभागीहरुले उठाएका जिज्ञासाको हेफरका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम सायम्वु, बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, रेडाका कार्यकरी निर्देशक लिलाबहादुर कार्कीले जवाफ दिएका थिए । कार्यक्रममा सहभागी उपभोक्ताहरु नल बहादुर बगााले, दिनेश बस्याल, दुर्गा कुमारी ठकुरीले परियोजनाको कारण गाउँमा कृषि तथा पशु उद्यमशिलता बढेको, महिला तथा युवाहरुमा आय आर्जनमा वृद्धि भएको बताए । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे, योजना तथा प्रशासकिय अधिकृत विष्णु प्रसाद पौडेल, बरिष्ठ कार्यक्रम अधिकृत दुर्गाबहादुर थापा, लेखा अधिकृत कौशल प्रसाद घिमिरे लगायतले परियोजनाले गरेका काम तथा आगामी दिनमा गर्नुपर्ने कार्यक्रमको मोडालिटीका विषयमा चर्चा गरेका थिए । कोभिडको कारण विदेशबाट फर्किएका ५ सय बढी युवाहरु कार्यक्रममा सहभागी भएको परियोजनाले साना किसानलाई मझौला बनाउने, मझौला किसानलाई ठूला बनाउने, ठूला भनिएका किसानलाई अझै बढी उत्पादनमा लगाउने गरी काम भईरहेको तानसेन परियोजना कार्यक्रम संयोजक डा. लेखनाथ अधिकारीले बताए । यो कार्यक्रम २०७६ मंसिर महिना देखी सञ्चालनमा रहेको छ । तानसेन नगरपालिकाले सरकारी, नीजी साझेदारी कार्यक्रममार्फत कृषि तथा पशु उद्यमशिलताबाट गाउँ शहरमै स्वरोजगार बनाउने, रोजगार प्रदान गर्ने, नयाँ उद्यमी उत्पादन गर्ने, परम्परागत पेशा व्यवसायलाई आधुनिकरण गर्दै व्यस्थित बनाउने, पुजी तथा आयश्रोत कम भएकाहरुलाई सहुलियत दरमा ऋण प्रदान गरी समग्रमा उत्पादन बढाउने, स्वदेशमै रमाउने, स्वदेशमै कमाउने, आयात घटाउने, निर्यात बढाउदै देशको आर्थिक बृद्धिदर बढाउने योजनाका साथ उक्त साझेदारी कार्यक्रम सञ्चालन गरेको थियो । यो कार्यक्रममा विना धितो, सहुलित व्यादरमा नेपाल बंक लिमिटेड, ग्लोवल आइएमी बैंक र नविल बैकबाट तानसेन नगरपालिकाका ९९ जना युवा उद्यमीले ६ करोड ३१ लाख रुपैया ऋण पाएका छन् ।

परियोजनाले तानसेन नगर भित्रका कृषकहरुका गुनासा, समस्या, बजारीकरण, उत्पादन, आयात, निर्यात लगायतका विषयवस्तुमा केन्द्रीत रहेर वडा तहबाट कृषकहरुको आवाज इन्टरनेटको माध्यमबाट कृषि तथा पशु विषय विज्ञबाट समाधान गर्ने अभियानका साथ ई चौतारी कार्यक्रम समेत सञ्चालन गरेको छ । सोही अवसरमा कृषक ई चौतारी कार्यक्रमको लागि हेफरका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम सायम्वुले नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेलाई प्रत्येक वडाका लागि आवश्यक एक सेट कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे । कार्यक्रम तानसेन कृषि तथा पशु उद्यमशिलता कार्यक्रमका युवा संयोजक निर्पबहादुर परियारको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update