Shittalpati
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०/१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।

७७ जिल्लाका ७ सय ५३ पालिकाका तीन लाख ५० हजार किसानका घर–घरमा पुगी कृषि गणना गरिने छ । गणनाको तयारी पुरा भएको केन्द्रीय तथ्याड्ढ विभागले जनाएको छ । यता पाल्पामा पनि गणनाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला कृषि गणना अधिकृत भविश्वर घिमिरेले बताए । उनका अनुसार ६१ गणक र १६ जना सुपरीवेक्षक आ–आफ्नो कार्यस्थलमा पुगिसकेका छन् । जिल्लाका एक सय ६४ क्षेत्रमा कृषि गणना गरिने छ । जिल्लामा रहेका १० पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो । जिल्ला कृषि गणना अधिकृत घिमिरेका अनुसार रामपुर नगरपालिकामा २०, निस्दी, माथागढी गाउँपालिकामा १७/१७, तिनाउ, पूर्वखोला, रम्भा, रिब्दीकोट गाउँपालिकामा १५/१५, रैनादेवी छहरा गाउँपालिकामा १८, तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा १६/१६ गणना क्षेत्र तोकिएको छ । जिल्लाका दशवटै तहमा ४ हजार १ सय कृषक परिवार रहेको जिल्ला तथ्याड्ढ कार्यालयले जनाएको छ । गणनाको लागि गणक र सुपरीवेक्षकलाई तालिम दिइसकिएको सहायक जिल्ला कृषि गणना अधिकृत लेखनाथ पाण्डेले बताए । उनका अनुसार प्रत्येक पालिकामा ६ देखि ७ जना गणक र १ देखि २ जना सुपेरीवेक्षक खटिने छन् । यसअघि विसं २०६८ मा कृषि गणना गरिएको थियो । केन्द्रीय तथ्याड्ढ विभागले प्रत्येक १०/१० वर्षमा कृषि गणना गर्दै आएको छ ।

नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो । वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । तथ्याड्ढ संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । सातौँ कृषि गणनामा गणकले संकटमा रैथाने पशुपक्षीको तथ्याड्ढ, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याड्ढ संकलन गर्ने छन् । राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई मुख्य २४ प्रश्न सोधिन छ । यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागतरुपमा बाँझो जमिनको तथ्याड्ढ संकलन गरिने छ ।

सातौं कृषि गणनाले किसानको संख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको संख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बीउविजनको प्रयोग आदिका बारेमा तथ्याड्ढ बाहिर आउने भएको छ । अहिलेको गणनामा गणनाको एकाइ कृषि चलनलाई लिइएको छ । हिमाल र पहाडका जिल्लामा भए कम्तीमा ४ आना र तराईका जिल्लामा भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको भएमा मात्र कृषि गणना हुने जिल्ला कृषि गणना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update