Shittalpati
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि

हिमलाल पराजुली (रासस)
स्याङ्जा, कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना संक्रमणका कारण धेरैकोरोजगारी गुम्नुको साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ । जिल्लामा कोरोना संक्रमणका कारण वैदेशि करोजगारीमा गएका गाउँघरमा फर्किनुका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझोरहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ  ।

किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ  । मेहनत बढी लाग्नेर उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो  । स्वास्थ्यका लागि निकैराम्रोर पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जतिराम्रो नहुँने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो । किसानले यस वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रसस्त भएकाले गाउँघरमा त्यसै बाँझोरहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो । कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवद्र्धक खाद्य बालीका रुपमारहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताए । किसानले यस वर्ष १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उनले जानकारी दिए । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पुर्‍याउने भए पनि कोदो खेतीमा बाँदरले समेत कम क्षति पुर्‍याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताए । हमालले भने, ‘मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जंगली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पुर्‍याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।’ गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उनले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ४ सय ७ हेक्टर जमिनमा कोदो खेती गरिएकोमा आव २०७८/०७९ मा १६ हजार ५ सय हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ । यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमानरहेको प्रमुख हमालले बताए । गत वर्षरैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेकोर यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रमरहेको ज्ञान केन्द्रले जनाएको छ । जाडो मौसममा कोदोकोरोटी, ढिडो लगायतका परिकार खाँदा राम्रो हुने भएकाले कोदो खेतीको विस्तार गर्नुपर्ने चापाकोट नगरपालिका–१० की सावित्रा भट्टराईले बताइन । गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मारहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताए । अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ । स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएकोर बरु सहर बजारका होटल, रेष्टुराँमा कोदोको परिकार पाक्ने गरेको तथा बजार क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको पाइन्छ  ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update