Shittalpati
वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा

पाल्पा,  लगातार परेको अविरल वर्षाका कारण पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।

फाँट डुवानमा परेपछि यहाँको हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको धानवालीमा क्षति पुगेको छ । मेहनत गरेर रोपेको धानवालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा यहाँ सामान्य वर्षात्मा पनि डुबान हुने गरेको छ । पानी जमेपछि सवारी साधन र पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । वर्षात्ले झडेवा फाँट, बाँसटारी, प्रभास, दमकडा, सराई, रुप्से, पोखराथोक, चिदीपानी क्षेत्रमा पर्ने फाँटहरुसमेत जलमग्न भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update