Shittalpati
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ

पाल्पा, जिल्लाको माथागढी गाँउपालिका ४ झडेवाका कृषकहरुलाई कृषि सामग्री तथा विउ विजन वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत वडाका कृषकहरुलाई कृषि सामग्री तथा विउ विजन वितरण गरिएको हो । गरिबसँग विश्वेश्वर कार्यक्रम माथागढी ४, झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषकहरुलाई उक्त विउ विजन र सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले यहाँका कृषक समुहमार्फत कृषकहरुलाई तरकारीको बिउ वितरण गरिएको कार्यक्रमका वडा संयोजक लिला बरालले बताए । उनका अनुसार झडेवाका १० वटा कृषक समूहलाई कृषि सामाग्री तथा विउ विजन वितरण गरिएको हो । वडाले कृषकलाई बिउ लगाउने तरिकाका विषयमा प्रशिक्षण समेत दिदै आएको छ । कृषकलाई स्प्रे, जैविक मल, रासायनिक मल, खुर्सानी, करेला, सिमी, काक्रा लगायतका विभिन्न उन्नत तथा हाईब्रेड जातको विउ विजनहरु वितरण गरिएको हो । कृषि सामग्री तथा विउ बिजन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले कृषकलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गर्दै अधिकृत नेपालले किसानलाई करेसाबारीमा तरकारी खेती पश्चात् आधुनिक र व्यवसायिक ढंगबाट कृषि क्षेत्रलाई अगाडि लैजाने गाउँपालिकाको दिर्घकालिन योजना रहेको बताए । किसानहरुको माग बमोजिम गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत बिउहरु वितरण गरिरहेको उल्लेख गर्दै उनले बिउको उचित तरिकाले उपयोग गर्न कृषकलाई समेत आग्रह गरे । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत कृषि सामग्री तथा विउ बिजन वितरण कार्यक्रममा गाउँपलिका कार्यपालिका सदस्य सावित्रा पन्थी, कृषक समूहका अध्यक्ष लिलादेवी सिंजाली लगायतले आधुनिक कृषि विकासका लागि कृषक पनि सक्रिय भएर लाग्नुपर्ने बताए । कृषकले उक्त सामग्री र विउ पाएपछि खुसी व्यक्त गर्दै बिउ वितरण मात्र नगरी उत्पादन गरेको तरकारी खेतीको अनुगमनमा आउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update