Shittalpati
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको एक स्थानीय तहले कृषकहरूलाई बाँदर धपाउने यन्त्र दिएको छ । गुल्मीदरबार गाउँपालिकाले उक्त यन्त्र कृषकहरुलाई हस्तान्तरण गरेको हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि गाउँपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र हस्तान्तरण गरेको अध्यक्ष अशोक कुमार थापाले जानकारी दिए ।

उनले गाउँपालिकाका सात वटै वडाका कृषकहरुलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण गरिएको बताए । राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट दुई हजार ५ सय रुपैयाँका दरले ३५ वटा यन्त्र खरिद गरी कृषकहरुलाई हस्तान्तरण गरिएको हो । किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि प्रत्येक वडामा ५ वटाका दरले बाँदर धपाउने यन्त्र कृषकहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update