Shittalpati
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकालाई दूधमा आत्मानिर्भर गराई आर्थिक समृद्वि हासिल गर्ने लक्ष्य सहित गाउँपालिकाले किसानलाई अनुदान दिएको हो । किसानले प्रतिलिटर २ रुपैयाँ अनुदान पाएका छन् ।

डुम्रे दुग्ध उत्पादक सहकारी सस्थामार्फत दुध बिक्रि गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाका दरले नगद अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । उनले गाउँपालिकालाई दुध,पशुपालन र कृषिमा आत्मानिर्भर गराई गाउँपालिकालाई समृद्विको दिशामा अगाडि बढाउन कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिर्दै आएको बताए । उनले कृषकहरुलाई अनुदानमा दिएका वस्तुहरुको सहि सदुपयोग गर्न समेत आग्रह गरे । सबैभन्दा बढी अनुदान पाउने मुनाल गाई फार्म डुम्रेका सरस्वती जिसिले ८५ हजार अनुदान प्राप्त गरेकी छन् ।

किसानलाई उत्पादनमा आधारित ५ लाख बराबरको अनुदान उपलब्ध गराईएको प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले बताए । गाउँपालिकाले किसानलाई दुग्ध प्रशोधन मेसिन खरिद,दुध प्याकेजिङ्ग मेसिन स्थापना, दुध राख्ने क्यान, कृतिम गर्भाधान,औषधि,पशु प्राविधिक लगायतको सेवाहरु उपलव्ध गराउदै आएको छ ।

यस अघि गाउँपालिकाले २ का विपन्न परिवारलाई अनुदानमा बाख्रा वितरण गरेको थियो । गाउँपालिकाले वडा कार्यालयमार्फत वडामा रहेका एकल महिला, गरिब तथा विपन्न परिवारको आर्थिक उपार्जनका लागि अनुदानमा उन्नत जाताका बाख्रा वितरण गरेको हो । वडालाई कृषि र पशुपालनमार्फत समृद्ध बनाउने गरी वडाले विपन्न परिवाका लागि अनुदानमा बाख्रा, विउविजन दिर्दै आएको छ । चालु आर्थिक वर्षमा ३ लाख रकम विनियोजन गरेर वडाले विभिन्न टोलमा रहेका कृषकहरुलाई ३२ वटा बोयर जातका बाख्रा तथा बोका वितरण गरेको हो । आय आर्जनका लागि शतप्रतिशत अनुदानमा जमुना पारको बाख्रा र सुकेताल र गणेशटोल समुहलाई उन्नत जातको बोका वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update