Shittalpati
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण

पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण गर्नका लागि वृक्षारोपण गरेको हो ।

जेसिजका पदाधिकारी, सदस्य, बोर्डका सल्लाहकारहरुको उपस्थितीमा विभिन्न ८ प्रजातिका फलफूलहरु रोपण गरिएको संस्थाका महासचिव अर्जुन कार्कीले बताए । उनीहरुले आँप, लिची, कफी, सुन्तला, कागती लगायतका ७० वटा विरुवा रोपेका थिए । आफुहरुले विरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण गर्ने दायित्व पनि रहेको जेसिजका अध्यक्ष जेसी मदन गाहाले बताए । वृक्षारोपणमा जेसिजका कार्यक्रम संयोजक तथा कार्यकारी उपाध्यक्ष जेसी राजिव श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार जेसी राजिव शाहा लगाएतको उपस्थिती रहेको थियो । सिविआरमा अपाङ्ग, सुस्त मनस्थिती भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update