Shittalpati
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

पाल्पा, नेपाली काँंग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उसले यही पुस २२ गते केन्द्रीय समितिको बैंठक बोलाएको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर काँंग्रेस संघीय संसदको ठूलो दल बनेको छ । काँग्रेस पहिलो ठूलो दल बने पनि मुखमै आएको सत्ता भने गुमाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update