Shittalpati
पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा

पाल्पा,नेकपा एमालेले चुनावी समीक्षा गरेको छ । एमाले रैनादेवी छहरा गाउँपालिका कमिटीले वडा नंं १ को सिद्धेश्वरमा चुनावी समीक्षा गरेको हो ।
मंसिर ४ गते भएको आम निर्वाचनको समीक्षा, पार्टी सदस्यता नविकरण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रतिनिधिसभामा निर्वाचित नारायण प्रसाद आचार्य, ठाकुर प्रसाद गैरे, प्रदेशसभामा निर्वाचित राजु प्रसाद श्रेष्ठ, खेम बहादुर सारुलाई बधाई दिदै सफलकार्यकालको शुभकामना दिएको छ भने उप विजेता पर्सुराम भट्टराई र ओम बहादुर घर्तिमगरलाई उच्च मनोवलका साथ काम गर्न अनुरोध गरिएको छ । एमालेले निर्वाचनमा खटिएका वडा भित्रका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पार्टीमा सक्रिय भएर काम गर्न समेत आग्रह गरेको छ ।


पुस महिना भित्र पार्टी कार्यकर्ताहरुले नविकरण गर्ने, टोल टोलमा संगठन विस्तार गर्ने, वडामा पहिलो पार्टी बनाउने र माघ महिनामा पार्टी प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको पार्टी वडा सचिव धनबहादुर बुढाले बताए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तिमगरले पाल्पामा एमाले स्थानीय तहदेखी प्रदेश तथा केन्द्रिय सांसदमा पहिलो पार्टी भएको, केही प्राविधिक कारण बस केही उम्मेदवार उप विजेता भएपनि पार्टी निर्माण तथा जनताको विकास निर्माणमा सक्रिय भएर काम गर्न पार्टी कार्यकर्तालाई अनुरोध गरे ।

वडा कमिटी अध्यक्ष ओम बहादुर दर्लामीको अध्यक्षतामा भएको समिक्षा बैठकमा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज विष्णु कंडेल, जिल्ला सल्लाहकार परिषद सदस्य एकदेव ज्ञवाली, इ्रन्द्रा पचभैया, युवा संघ जिल्ला सदस्य रोशन बुढा, मुक्ति समाज गाउँ कमिटी सदस्य तारा बहादुर सुनारले मंसिर ४ को आम निर्वाचन, तथा पार्टीको अवस्था बारेमा चर्चा गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update