Shittalpati
वर्तमान नेतृत्वबाट चुनौतीहरू समाधान हुँदैन : डा. भण्डारी

गुल्मी, नेपाली काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्ने बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.भण्डारीले शुक्रबार तम्घासमा पत्रकारसँग भेटघाट वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्न बताएका हुन् ।

उनले वर्तमान चुनौतीको समाधानका लागि नेतृत्वमा पुस्तान्तरण हुन जरुरी रहेको बताए । शारीरिक रुपले अस्वस्थ भएका नेताहरुलाई आराम गर्न पठाएर युवाहरुको हात देशको नेतृत्व चल्न आवश्यक रहेको उल्लेख गरे । उनले भने ‘युवासँग जोस, जाँगर र विद्रोह छ ।’ पार्टीभित्र झगडा नहुने गरी सरकार निर्माणमा आफुहरु लाग्ने बताए । गठबन्धन र प्रतिपक्ष सबैलाई मिलाएर लैजाने बताउँदै नेता भण्डारीले देशलाई सही निकाश दिने बताए । अहिलेको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा फेरि पनि देशमा राजनैतिक अस्थिरताका कारण मध्यावधी चुनावमा देश जान्छ की भन्ने प्रश्नमा नेता भण्डारीले यसमा आफुहरु अत्यन्तै विवेक पु¥याएर काम गर्ने बताए ।

भ्रष्टाचार माथि खरो रुपमा उत्रिदैं आएका नेता डा.भण्डारीले मुलुक बिग्रार्ने रसिद च्यात्ने र मुलुक बनाउने रसिद बनाउने जिकिर गरे । आफूले अघि सारेका चारवटा एजेण्डाहरुलाई संसदमा खरो रुपमा राख्ने बताए । निःशुल्क नागरिकको औषधीको उपचारको सुनिश्चित गरिनु अहिलेको आवश्यकता रहेको बताउँदै नेता डा.भण्डारी ‘जन्मिने वित्तिकै एउटा बच्चाको खातामा ५ हजार राखिदिने हो भने ६५ पुग्ने बेलासम्म त्यो रकम बढेर ४ करोड ९ लाख ६६ हजार हुन्छ । यस्तो कार्यक्रम ल्याउन जरुरी छ ।’ यो विषयमा संसदमा छलफल गर्ने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update