राजनीति

स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी

Shittalpati Reporter

स्याङ्जा, स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनले १५ हजार एक य ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन् । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरे ।

स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसेकेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । –रासस


प्रकाशित मिति: शुक्रवार, मंसिर १६, २०७९, ०१:११:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी शुक्रवार, मंसिर १६, २०७९, ०१:११:००
सभामुखसँग चिनियाँ राजदूतको भेट शुक्रवार, मंसिर १६, २०७९, ०१:११:००
अर्यालले गरिन पदभार ग्रहण शुक्रवार, मंसिर १६, २०७९, ०१:११:००