सुष्मालाई बक्सिङमा रजत पदक
राजनीति
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा

पाल्पा, प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एकिकृत समाजवादीका प्रदेश संयोजक सोमप्रसाद पाण्डेय यतिबेला मतदतालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट पराजित भएका पाण्डेय मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन् ।
यहाँ विजयी उम्मेदवारहरु र्यालीसहित गाउँ गाउँ पुगिरेका बेला पराजित पाण्डेय भने मतदाताहरुको घर घरमा पुगेका छन् । उनले निर्वाचन लोकतान्त्रिक प्रणाली भएकाले जित हार स्वभाविक भएको भन्दै आफुलाई अमूल्य मदान गर्ने सम्पूर्ण मतदाताहरुलाई भेटेर धन्यवाद दिएको बताएका छन् । चुनावी परिणामको समीक्षा गर्दै उनी मतदाता भेट्न थालेका हुन् । हारेपनि कहीकतै विचलित नभएको उनी बताउँछन् । ‘आफू पराजित भएपनि कहीं कतै विचलित भएको छैन, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु’ उनले भने । पाण्डेले आफु पाल्पाको विकास र समृद्धिको लागि हारे पनि सधँै सक्रिय भएर लाग्ने प्रण गरेका छन् । उनले मतदाताहरुलाई आफुले मतको सम्मान गरेको बताएका छन् । आफु नेतृत्वतहमा पुगेर काम गर्न नपाए पनि पाल्पाली जनताको समस्यामा भने लागि पर्ने बताएका छन् । पाण्डेय पराजित भएर पनि गाउँ–गाउँ पुगेको देख्दा धेरैले उनीबाट राजनीतिक दलहरुले संस्कार सिक्नुपर्ने बताएका छन् । पाण्डेय नेकपा एमालेका ठाकुरप्रसाद गैरेसँग पराजित भएका हुन् । गैरेसँग उनी ३ हजार ९ सय ६६ मतान्तरले पराजित भएका हुुन् । गैरेले २७ हजार ८ सय १७ मत ल्याएकमा थिए भने पाण्डेयले २३ हजार ८ सय ५१ मत ल्याएका थिए । उनी गठबन्धनबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!