सुष्मालाई बक्सिङमा रजत पदक
राजनीति
पाल्पामा एकिकृत समाजवादीको निर्वाचन समीक्षा

पाल्पा, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाले निर्वाचन समीक्षा गरेको छ । उसले मंसिर ४ गते सम्मपन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको गहन समीक्षा गरेको हो । समीक्षा बैंठकमा पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले आफूले निर्वाचित हुँदा वा नहुँदा पाल्पालीको समस्या, सुख, दुख र विकास निर्माणमा सदैव हातेमालो गर्ने बताए ।
उनले आफ्नो पहलमा पाल्पाको विकासको मेरुदण्डको रुपमा रहेको सिद्धबावा क्षेत्रको सुरु·मार्ग, तानसेन खानेपानी, सडक लगायतका पूर्वाधार विकासमा ल्याएका योजना समयमा निर्माण गर्न आफूले सदैव निगरानी राख्ने बताए । बैठकले गठबन्धनमा केही व्यक्तिहरु र तत्वको स्वार्थको भरमा केही स्थानहरुमा आशातित नतिजा ल्याउन नसके पनि सम्मानजनक मत प्राप्त भएकाले आगामी दिनमा भएका कमिकमजोरी सुधारेर थप जनसेवामा लाग्ने निर्णय समेत गरेको छ ।
यस्तै संगठन विस्तार र सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकमा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यादवबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा प्रदेश सभाका निर्वतमान सांसद रमा घर्ती, केन्द्रीय सदस्यहरु अशोककुमार शाही, लक्ष्मीदेवी पाठक लगायतले निर्वाचनको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय र पार्टी सचिव मोहन गैरेले निर्वाचनको अवस्थाका बारे जानकारी गराए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!