Shittalpati
गुल्मी–१ को प्रदेश सभामा काँग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, गुल्मी निर्वाचन क्षेत्र नं. १ मा पर्ने दुुई प्रदेश सभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँको प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डे र प्रदेश सभा (२) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की विजयी भएका हुन् । प्रदेश सभा (१) मा भएको निर्वाचनमा एमालेका पाण्डेले गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुर्दशन बराललाई ८ सय ६४ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

पाण्डेले १५ हजार १ सय २७ मत पाउँदा माओवादी केन्द्रका बरालले १४ हजार २ सय ६३ मत ल्याए । पाण्डेसँग पराजित बराल २०६४ मा गुल्मी–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । बराल २०७४ सालमा बाम गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु विक्रम पाण्डेयले ९ सय ५८, राष्ट्रिय जनमोर्चाका ओमबहादुर कुंवरले ९ सय २, मंगोल नेशनल अर्गनाइजेसनका श्रीप्रसाद पुनले ३ सय ३४, राष्ट्रिय जनमुक्ति पार्टीका रुमबहादुर फौजाले १ सय ७०, स्वतन्त्र उम्मेदवारहरु देवीप्रसाद न्यौपानेले २७, चित्रबहादुर थापा मगरले ८, टंकनाथ अर्यालले ७ र इश्वरीप्रसाद पाण्डेले ६ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा २ बाट नेपाली काँग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार कार्कीले १८ हजार ५ सय ९६ मत ल्याउँदै लुम्बिनी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्सुराम पाण्डेले १७ हजार ९ सय ९१ मत ल्याए । कार्की २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका सुशिल पुनले १ सय ५९, राष्ट्रिय जनमुक्ति पार्टीका लुमबहादुर थापाले १२, स्वतन्त्र उम्मेदवारहरु प्रेमप्रसाद भण्डारीले ८९, गगन केसीले १३, नारायणप्रसाद आचार्यले १२, दुर्गा बहादुर थापा क्षेत्रीले ९, उमेश सिंजालीले ५, अमरबहादुर कुंवरले ३, मेघबहादुर गाहाले १ मत प्राप्त गरेका छन् । यहाँको प्रतिनिधि सभा सदस्यमा भने नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा एक हजार ५ सय ९२ मत बढी ल्याएर विजयी भए । उनले ३३ हजार ७ सय ४४ मत ल्याएरका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ३२ हजार १ सय ५२ मत पाए । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनदेखि भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन् ।

पहिलो संविधान सभा निर्वाचनमा ज्ञवालीले २३ हजार २ सय ५३ मत ल्याउँदा भण्डारीले २१ हजार १ सय १ मत पाएका थिए । २०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ र भण्डारीले १ जित निकालेका थिए । अहिले ज्ञवाली ‘Þयाट्रिक’ गर्ने योजनामा थिए तर सकेनन् । भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्न सफल भए ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update