Shittalpati
पाल्पा १ (२) मा एमालेका सारु विजयी

पाल्पा, पाल्पा निर्वाचन क्षेत्र नं. १ (२)को प्रदेश सभा सदस्यमा एमालेका खेम सारु विजयी भएका छन् । उनले १४ हजार २ सय ९६ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कँंग्रेसका उम्मेदवार शंकर खनाललाई पराजित गर्दै सारु विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । काँग्रेसका खनालले ९ हजार ५ सय ५ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद पंगेनीले ३ सय ७४, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ६५ मत प्राप्त गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update