Shittalpati
पाल्पा–२ मा पूर्व मन्त्री पाण्डेलाई हराउँदै एमालेका गैर विजयी

पाल्पा,पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई हराउँदै नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । उनले पाण्डेयलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गरेका हुुन् । गैरेले २७ हजार ८ सय १७ मत ल्याए भने पाण्डेयले २३ हजार ८ सय ५१ मत ल्याएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय ८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४ सय ८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५ सय १५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खडानन्द गैरेले २ सय, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीले १ सय १०, जनता समाजवादी पार्टीका दुर्पाता सामैले १ सय ९, नेपाल आमा पार्टीका ताराबहादुर खत्रीले ९९ ,स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ८८, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर दुख्वाले ३५ र स्वतन्त्र केशव बहादुर आलेले ७ मत पाएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update