Shittalpati
रवि लामिछाने भारी मतान्तरसहित विजयी

पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिदन्द्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरे । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका हुुन् । एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी काँग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३ सय ५६ मत बढी ल्याएर चितवन–२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update