भारतलाई हराउँदै नेपाल फाइनलमा
राजनीति
पाल्पा–२ (१) मा दुई हजार पाँच सय बढीले काँग्रेसका वीरबहादुर राना अगाडि

पाल्पा, पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार ५ सय ४० मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार रानाले १० हजार ९ सय मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका परशुराम भट्टराईले ७ हजार ६ सय ४९ मत ल्याएर दोस्रोमा छन् । मन्त्री रानालाई सुरुदेखिको अग्रताले विजयीको नजिक पुर्याएको छ । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ३ सय ३०,राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार २ सय ४८ मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा १ सय ८६, छातामा १ सय २५ र मादल चिन्हमा ६३ मत खसकेको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!