भारतलाई हराउँदै नेपाल फाइनलमा
राजनीति
पाल्पा–२ (१) मा वीरबहादुर रानाको अग्रता कायमै

पाल्पा, जिल्लाको निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार रानाले ५ हजार ८ सय ७७ मत ल्याएर अग्रस्थानमा छन् । उनले सुरुवातदेखि अग्रता लिइरहेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका परशुराम भट्टराईले ४ हजार ७ सय २८ मत ल्याएका छन् । राना भट्टराई भन्दा १ हजार १ सय ४९ मतले अगाडि छन् ।
यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले ९ सय ६२,राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले ३ सय २४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९, १२:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Follow Us
View our latest news on any of these social networks!