Shittalpati
काठमाडौं–४ मा गगन थापा विजयी

पाल्पा, काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी एमालेका राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरे । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।

थापा उक्त क्षेत्रबाट चौथो पटक विजयी भएका हुन् । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं–४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए । उनी अहिले काँग्रेस महामन्त्रीको रुपमा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update