Shittalpati
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी

पाल्पा, काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँंग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला ८ सय १८ मतको अन्तर रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

सिंहको यो लगातार चौथो पटकको विजयी हो । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update