Shittalpati
पाल्पा –२ मा गठबन्धन अगाडि

पाल्पा,पाल्पा क्षेत्र नं . २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज सोमप्रसाद पाण्डेयले ८ सय १५ मत ल्याएर अग्रस्थानमा छन् । यहाँ नेकपा एमालेका ठाकुर गैरेले ८ सय ८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले १ सय ७१ मत पाएका छन् । यहाँ खुकुरी चिन्हमा २१, भालेमा ४ सय ३१, छातामा १०, कैँचीमा १ , तिरमा ८,तारामा २ र घर चिन्हमा २५ मत खसेको छ ।

यस्तै प्रदेश सभा २ (१) तर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले १ हजार ९३ मत ल्याएर अग्रस्थानमा छन् । नेकपा एमालेका परशुराम भट्टराईले ६ सय ६५ मत पाएका छन् । यस्तै यहाँ छाता चिन्हमा ८,भालेमा ४ सय ३९, मादलमा २, हलोमा ४०,घरमा ४२ मत खसेको छ । यहाँ ८३ मत भने बदर भएको छ । यो गनासकाली गाउँपालिका १ को मत गणना सकिदाको अवस्था हो । यहाँको मतगणना सदरमुकाम तानसेनस्थित बालमन्दिर भवनमा भइरहेको छ ।

यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय, नेकपा एमालेबाट ठाकुर गैरे, जनसमाजवादी पार्टी नेपालका देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर भुख्वा, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमैले मनोनयन दर्ता गराएका छन् । क्षेत्र २ बाट उपेन्द्र राज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले स्वतन्त्रमा उम्मेदवारी छ । प्रदेशसभामा २ (१) नेपाली कांग्रेसबाट वीरबहादुर राना, नेकपा एमालेबाट परशुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरे, मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगर, जनता समाजवादीबाट खिकबहादुर रेश्मी मगर, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले उम्मेदवार छन् । प्रदेशसभा २ (२) मा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ति मगर, नेकपा एमालेबाट ओमबहादुर घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रपाणी पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका शिव बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र बहादुर अस्लामी उम्मेदवार छन् । अब केही समयमा तानसेन नगरपालिका –९ को मत गणना हुने छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update