आज खेलकुद पत्रकार दिवस मनाइँदै
राजनीति
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक तानसेनमा बसेको छ । विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकमा विभागका सदस्यहरुले आ–आफ्ना विषयवस्तु तथा एजेण्डाका विषयमा छलफल गरेका थिए । पहिलो बैठकले प्रचार विभागले गर्ने काम कर्तव्य तथा जिम्मेवारीको विषयमा कार्ययोजना निर्माण गर्ने निर्यण गरेको छ । कार्ययोजना निर्माणका लागि प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह इञ्चार्ज कमलराज तिमिल्सेना, प्रेस चौतारी नेपाल अनुशासन आयोगका केन्द्रीय सदस्य, किरण कौशल, चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की सदस्य रहेको समिति गठन गरेको छ । आगामी बैठकमा समितिले कार्ययोजना पेस गर्ने निर्णय भएको छ । बैठकले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मालाई प्रचार विभागको सचिवमा मनोनित गरेको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पार्टीले गरेका कामहरु जनता सामु लैजान विभागले महत्वपूर्ण भूमिका खेल्ने बताए । गठन्धनका विरुद्ध पाल्पामा एमाले एक्लै लड्न सक्ने गरी उभिएको स्थानीय निर्वाचनमा पाल्पामा एमालेको एकल बहुमत रहेकाले आगामी प्रदेश र संघीय निर्वाचनमा एमेलाका उम्मेदवारहरु विजयी हुने पार्टी अध्यक्ष घिमिरेले दावी गरे । समितिले निर्माण गरेको कार्ययोजना सफल बनाउन पार्टीले सहयोग गर्ने उनले बताए ।
यही साउन २८ गते नेकपा एमाले पाल्पाले तानसेन नगरपालिकामा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने र त्यसको तयारी भईरहेको पार्टी सचिव रामजी पोखरेलले बताए । सचिव पोखरेलले आगामी भदौ २० गते भित्र जिल्लाका १० वटै स्थानीय तह र ८१ वटा वडामा समेत पार्टीको प्रशिक्षण कार्यक्रम रहेको जानकारी दिए । तानसेन नगर कमिटी अध्यक्ष गुराँश आत्रेयले पार्टीले गरेका राम्रा कामको प्रभावकारी रुपमा प्रचार हुन सके सबै जनताले एमाले पार्टी रोज्ने भएकाले प्रचार –प्रसारमा सक्रिय भएर लाग्न विभागका सदस्यहरुलाई अनुरोध गरे । कार्यक्रममा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने, प्रदेश कमिटी सदस्य नारायणी शर्मा, एमाले पाल्पाका पार्टी कार्यालय सचिव दिपक विश्वकर्मा लगायतको बैठकमा सहभागिता रहेको थियो । विभागको बैठक पार्टी सचिव रामजी पोखरेलको अध्यक्षतामा बसेको थियो ।
थप समाचार

विचार
Follow Us
View our latest news on any of these social networks!