Shittalpati
जनार्दन शर्मा पुनः अर्थमन्त्री

पाल्पा, जनार्दन शर्मा पुनः अर्थमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अर्थमन्त्रीमा शर्मालाई नियुक्त गरेकी हुन् ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्मामाथि केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । संसदीय छानबिन विशेष समितिले बजेट निर्माणमा अनधिकृत व्‍यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।

करको दर हेरफेर गर्न शर्माले बजेट भाषणको अघिल्लो रात राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो । एमालेबाट समितिमा समाविष्ट चार सदस्यले भने फरक मत लेख्दै सीसीटीभी लुकाइएको, कल डिटेल हेर्न नदिइएको, मुख्य आरोपीलाई बयानबाट तर्काइएको उल्लेख गरेका छन् । पटक –पटक पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि शर्मा आलोचित बन्दै आएका छन्

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update