Shittalpati
एमालेको बैठक तिनाउको सत्यवतीमा

पाल्पा, नेकपा एमाले तिनाउ गाउँ कमिटी वडा नंं ४ को सत्यवतीमा पार्टी बैठक भएको छ । बैठकले असार मसान्त भित्र पार्टी सदस्य नविकरण गर्ने र श्रावण महिनामा पार्टी कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्यण गरेको छ ।

बैठकमा लुम्बिनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगरले पार्टीले लामो समयपछी वडामा प्यानल सहित विजय हासिल गरेकाले निर्वाचित जनप्रतिनिधीहरु जनताका हरेक काममा सक्रियतापूर्वक लाग्न अनुरोध गरे । सत्यवती क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रका पर्यटन पूर्वाधार विकासदेखी सत्यवती ताल र बज्यैको प्रचार–प्रसार गरी प्रशस्त पर्यटकहरु भित्र्याउन सकिने एमाले लुम्बिनी सदस्य घर्तिमगरले बताए । सत्यवतीको विकास भनेकै प्रशस्तमात्रामा धार्मिक पर्यटकहरु भित्र्याउनु, बुटवल बजार नजिकै भएको जति उत्पादन भएपनि बजारको समस्या नरहेकाले कृषि र पशुपालनमा सबै मानिसलाई सक्रिय बनाई आयआर्जन बढाउनु पर्ने प्रमुख अतिथी घर्तिमगरले बताए ।

कार्यक्रममा नेकपा एमाले तिनाउ गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरीले जनप्रतिनिधी तथा पार्टी नेता कार्यकर्ताले जनताको मन जितेर दुःखमा साथ दिएर काम गर्नुपर्ने बताए । कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष तुलबहादुर आले, वडा सदस्यहरु तिलक सिंह चिदी, चुलविर दर्लामी, दुर्गा सुनारी र कमला सुनारले जनताको कामदेखी सत्यवती वडाको विकास निर्माणमा ध्यान दिएर काम गर्ने बताए । बैंठकमा निर्वाचनको समिक्षा गर्दै पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका पार्टी कार्यकर्ता, जनतालाई धन्यवाद दिएका थिए । बैठक वडा अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षता वडा कमिटी सदस्य भिमबहादुर रानाको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update