Shittalpati
रविको पार्टीविरुद्ध उजुरी

पाल्पा, रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले निर्वाचन आयोगमा दुई छुट्टा–छुट्टै उजुरी दिएका छन् । काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोगमा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न माग गर्दै उजुरी दिएका छन् । रविको पार्टी स्वतन्त्र पार्टीको नाममा दर्ता हुँदा यसले वास्तविक स्वतन्त्र उम्मेदवारबारे भ्रम उत्पन्न हुने अवस्था आएपछि निर्वाचन कार्यालयमा उजुरी दिएको उनीहरुले बताएका छन् ।

रविले मंगलबार राजनीति प्रवेश गरेको भन्दै राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए । यद्यपि उनको पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको भने छैन ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update