Shittalpati
न्यौपाने पुनः चौतारीमा फर्किए

पाल्पा,  पत्रकार दयाराज न्यौपाने पुनः प्रेस चौतारी नेपालमा फर्किएका छन् । केही महिना अघि प्रेस चौतारी छोडेर नेपाली काँग्रेस प्रवेश गरेका न्यौपाने पुनः चौतारीमै फर्किएका हुन ।

उनलाई नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्की लगायतले प्रेस चौतारी नेपालको सदस्यता दिदै संस्थामा स्वागत गरेका छन् ।

पत्रकार न्यौपानेलाई चौतारीले कार्यसमिति सदस्यमा नियुक्ती समेत गरेको छ । उनलाई स्थानीय तहको निर्वाचन हुनु अघि नेपाली काँग्रेसले भव्य स्वागत सहित प्रवेश गराएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update