Shittalpati
पाल्पा जिससमा एमालेको प्यानलै विजयी

कृष्ण पोखरेल

पाल्पा, जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।

प्रमुखमा नेकपा एमालेका टंकनाथ खनाल विजयी भएका छन् । यसै गरी उप–प्रमुखमा काशिका ज्ञवाली गैरे, खुला सदस्यमा निस्दीका प्रताप सिं थापा पूर्वखोलाका रितमान श्रेष्ठ, बगनासकालीका केशवराज खराल निर्वाचित भएका छन् । महिला सदस्यमा रम्भाका भविसरा सारु, रैनादेवीछहराका विष्णु कंडेल, घिमिरे, तानसेनकी बसन्ता ज्ञवाली र दलित महिला सदस्यमा माथागढीकी केशमाया सुनार निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत खड्ग बहादुर केसीले बताए । विजेता प्रमुख सहित नेकपा एमालेका सबै उम्मेदवारहरुले ११ मत पाएका थिए भने गठबन्धनकातर्फ प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका यमलाल तिमिल्सीना सहितको उम्मेदवारहरुले ९ मत पाएका थिए ।

५ दलिय गठबन्धनबाट उप प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्ण प्रसाद भुसाल, सदस्यहरुमा राष्ट्रिय जनमोर्चाका लालबहादुर खाती, नेकपा एकिकृत समाजवादीका धनबहादुर रायमाझी, नेपाली काँग्रेस सूर्य सूर्यवंशी, महिला सदस्यमा नेपाली काँग्रेसबाट कमला नेपाल र सुनिता श्रेष्ठ, अल्पसंख्यकमा नरेन्द्र सुन्तौली, दलितमा कमला नेपालीले उम्मेदवारी दिएका थिए । पाल्पाका १० पालिकाका प्रमुख उप–प्रमुख गरी २० जना मतदाता रहेकोमा नेकपा एमालेबाट ११ जना, गठबन्धनबाट ९ जना रहेका छन् । शुक्रबा नै नव निर्वाचित जिल्ला समन्वय प्रमुख सहित सदस्यहरुले सपथग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

पदभार कार्यक्रममा जिल्ला समन्वय कार्यवाहक प्रमुख मिरा मरासिनीले कार्यकक्षमा नव निर्वाचित प्रमुख खनाललाई पदभार हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा बोल्दै नव निर्वाचित प्रमुख खनालले संविधानले दिएको अधिकार पूर्ण रुपमा प्रयोग गरी जिल्लाका स्थानीयतहसँग पूर्णरुपमा समन्वय गरी काम गर्ने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update