Shittalpati
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।
भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो । १९ बुँदे ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्बृद्धिको निमित्त प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमा राजसंस्थासहित सबै राजनीतिक शतिmहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरिएको छ । उसको अर्को माग छ, ‘केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखीदेशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।’ संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्न पनि माग गरिएको छ ।
इम्वोस्ड नंम्वर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकाले यसको खारेज गरिनुपर्ने, गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गर्न राप्रपाको माग छ । नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरिनुपर्ने, वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था सुनिश्चित गर्न समेत उसले प्रधानमन्त्री समक्ष माग गरेको छ । उक्त मागहरु पूरा नगरिएमा देशव्यापी जनसंघर्ष गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी बाध्य हुने ज्ञानपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउन राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर सहितका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update