Shittalpati
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन

पाल्पा, नेकपा एमाले पाल्पा तिनाउ गाउँपालिका वडा नंं. १ कचलको वडा भेलासँगै कमिटि गठन भएको छ । वडा कमिटी बैठकले आगामी असार भित्र पार्टी सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने, बस्ती बस्तीमा पुगेर योजना संकलन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।

वडा बैंठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीमगरले विकास निर्माणदेखी, जनताको दुःखमा काम गर्ने पार्टी एमाले भएकाले तिनाउ गाउँपालिकाका जनताले पनि एमालेका उम्मेदवारहरुलाई विजयी बनाएको बताए । पाल्पामा २०५१ सालदेखी एमालेको बहुमत रहेको र अहिलेको गठबन्धनको समयमा पनि जनताले एमालेलाई नै बहुमत दिएको प्रमुख अतिथी घर्तिले बताए ।

कार्यक्रममा निर्वाचित पालिका अध्यक्ष प्रेम श्रेष्ठ, तिनाउ गाउँ कमिटी अध्यक्ष रोम बहादुर लम्तरी, उपाध्यक्ष सावित्रा राना लगायतले नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई दिदै, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी पार्टी वडा अध्यक्ष चिदी वडा अध्यक्षमा निर्वाचित भएपछी पार्टी वडा कमिटी बैंठकले वडा कमिटी पुनर्गठन समेत गरेको छ । वडा कमिटीको अध्यक्षमा एमान सिह चिदी, उपाध्यक्षमा विनिता उचै, सचिवमा विरबहादुर राना, उपसचिवमा भिम कुमारी सुस्लिङलाई चयन गरेको छ । वडा सदस्यमा भने पुरानै व्यक्तिलाई निरन्तरता दिएको पार्टी वडा अध्यक्ष एमान सिंह चिदीले बताए । वडा अध्यक्ष भुवान सिं चिदीको अध्यक्षता,उपाध्यक्ष एव नवनिर्वाचित सदस्य धन कुमारी बगालेको स्वागत र सचिव एमान सिं चिदीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update