Shittalpati
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस

वालिङ, स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।

कृष्णले १३ हजार ७ सय ७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीपप्रतापले ११ हजार ५ सय ९६ मत पाए । यस्तै उपप्रमुखमा तिवारीले ४ सय ८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरिन् । तिवारीले १२ हजार ८ सय २२ तथा थापाले १२ हजार ३ सय ४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएकी थिइन् । चौध वडामध्ये एमाले वडा ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा काँग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । विसं २०७४ मा प्रमुख, उपप्रमुख सहित सात वडामा काँग्रेस विजयी भएको थियो । कूल ३९ हजार ६ सय ५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७ सय ७४ (६७.५१ प्रतिशत) मत खसेको थियो । –रासस

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update