Shittalpati
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला

पाल्पा, जिल्लाको बगनासाली गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी विजयी भएकी छन् । उनले ६ हजार ४ सय ६६ मत ल्याई अध्यक्षमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । चिदी निर्वाचित भएसँगै जिल्लामा एक मात्र पालिका महिला अध्यक्ष बनेकी छन् ।

यस्तै उपाध्यक्षमा एमालेकै हरि पाठक विजयी भएका छन् । पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) ले ४ हजार ७ सय ७८ मत पाए ।

बगनासकाली गाउँपालिकामा २०७४ सालको निर्वाचनमा काँग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको थियो । अहिले यहाँ नौ वडामध्ये ६ वडामा एमालेले र तीन वडामा काँग्रेसले जितेको छ । चिर्तुङधारा, चापपानी र यम्घामा काँग्रेसले जितेको हो । पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, खानीगाउँ र बराङदीमा एमालेका वडाध्यक्ष उम्मेदवारले जितेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update