Shittalpati
गुल्मीमा सकियो मतगणना: पाँच पालिकामा काँग्रेस, चारमा माओवादी, तीनमा एमाले विजयी

गुल्मी, दुई नगरपालिका र दश गाउँपालिकाका रहेको गुल्मीका मतगणना सकिएको छ । यहाँ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको आन्तिम मतपरिणाम सार्वजनिक हुँदा काँग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको छ भने, माओवादीले चार र एमालेले तीन पालिकाको प्रमुखमा जित हासिल गरेको छ । चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने दुई वटा स्थानीय तहमा नेपाली काँग्रेसले उपप्रमुख जितेको हो । नेपाली काँग्रेसले रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, मदाने, इस्मा र कालिगण्डकी गाउँपालिकामा विजयी हासिल गरेको छ ।

त्यस्तै माओवादी केन्द्र चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिकामा विजयी भएको छ । एमाले छत्रकोट, सत्यती गाउँपालिका र मुसिकोट नगरपालिकामा जित हासिल गरेको छ । कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ हजार ८ सय १० मत ल्याएर विजयी भए भने, निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याए ।

यस्तै यहाँ उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । उनले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित भइन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत ल्याइन् । यहाँ ७ वटा वडामध्ये ३ वटा वडा एमाले ३ वटा वडा काँग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले विजयी हासिल गरेको छ । इस्मा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यहाँ काँग्रेसले चारवटा वडा सहित पालिका हात पारेको हो । अध्यक्षमा नेपाली काँग्रेसका भगतसिं खड्का विजयी भएका छन् । ५ हजार ५ सय ८९ मत ल्याएर विजयी भए भने निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका हिराबहादुर एसीले ५ हजार ४ सय ६४ मत ल्याए । उपाध्यक्षमा काँग्रेसकी पार्वती कुँवर निर्वाचित भएकी छन् । उनले ५ हजार ९ सय ९ मत ल्याएर विजयी भइन् निकटत्म प्रतिस्पर्धी एमालेकी विमला खत्रीले ५ हजार १ सय २१ मत पाइन् । यस्तै मदाने गाउँपालिकामा नेपाली काँग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । कुँवरले ४ हजार ७ सय ७ मत ल्याएका छन् भने उनका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६ सय ९७ मत ल्याए । उपाध्यक्षमा भने नेकपा एमालेकी सरिता खड्का विजयी भएकी छन् । उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५ सय ६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २ सय ११ मत पाए । यहाँ कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । 

रेसुा नगरपालिकामा खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६ सय १४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३ सय २० मत ल्याएका थिए । उपप्रमुख नेपाली काँग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर निर्वाचित भएकी छन् । उनको प्रतिद्वन्द्वी एमालेकी रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् । यस्तै गुल्मीदरवार गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा सरोज थापाले ६ हजार १ सय ६६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६ सय २ मत ल्याए । यस्तै यहाँ उपाध्यक्षमा काँग्रेसबाट तारा थापा निर्वाचित भएकी छन् । उनले एमालेको उम्मेदवार सुशिला पुनलाई ५ सय ९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १ सय ८८ मत पाउँदा सुशिलाले ५ हजार ५ सय ८९ मत पाइन् ।

यस्तै मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जितेको छ । मेयरमा जीवलाल खरेल जीवन विजयी भएका छन् । उनले ७ हजार ३ सय ९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए । उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएकी छन् । उनले ७ हजार ११ मत ल्याइन् भने निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३ सय २३ मत ल्याए । सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) निर्वाचित भएका छन् । उनले ६ हजार २ सय ६७ मत ल्याएर विजयी भए भने निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २ सय २४ मत ल्याएर विजयी भएकी छन् भने निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी तेजकुमारी थापाले ५ हजार ५ सय ६१ मत ल्याइन् ।

यस्तै छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार ५ सय ८६ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धी काँग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४ सय ७२ मत ल्याएर निर्वाचित भएकी छन् भने प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याए । यस्तै रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भए

का छन् । अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८ सय १७ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५ सय ४० मत ल्याए । उपाध्यक्षमा एमालेकी मिनादेवी गौतमले ५ हजार ४ सय ५१ मतसहित निर्वाचित भएकी छन् भने उनको प्रतिस्पर्धी नेपाली काँग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६ सय ४६ मत पाइन् । चन्द्रकोटमा माओवादी केन्द्रले नेतृत्व हात पारेको छ । काँग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले यहाँ अध्यक्षमा विजयी हासिल गरेको हो । माओवादी केन्द्रका युवराज केसी ५ हजार ७ सय मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार ३ सय ४७ मत ल्याए । उपाध्यक्षमा नेपाली काँग्रेसका विष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत ल्याएर निर्वाचित भए भने एमालेकी राधिका अर्यालले ३ हजार ८ सय १६ मत ल्याइन् ।

यस्तै धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल विजयी भएका छन् । उनले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र भण्डारीले ४ हजार २ सय ६१ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएकी छन् । उनले ६ हजार १ मत ल्याइन् भने निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४ सय ८८ मत ल्याए । मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली काँग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १ सय ७६ मत ल्याए भने निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६ सय १७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित अर्यालले ६ हजार ३ सय ३४ मत ल्याए भने निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६ सय ९२ मत पाइन् । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्य समेत जित्न सकेन ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update