Shittalpati
पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश

पाल्पा, पाल्पाको रम्भा गाउँपालिका ४ हुमिन रैयामा सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली काँग्रेस हुमिनको टोल भेलाबाट नेकपा एमाले परित्याग सिंगो गाउँका तीन दर्जान बढी व्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय एमाले विभाजनपछि व्यापक असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेहरुको जिल्लामा लर्को नै लागेको छ । बहुमत पाएर सरकार सञ्चालनको अवसर पाएका कम्युनिष्टहरु एक आपसमा टुट्फुट भई सरकारबाट नै बाहिरनु र अराजग गतिविध बढाउदै गएपछि आफुहरु पार्टी परिवर्तन गरी काँग्रेसले अगाँलेको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेको बताएका छन् । नवप्रवेशीहरुलाई जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ,पार्टी सचिव सन्तोष थापा मगर, महासमिति सदस्य बिधान श्रेष्ठ र पूर्व महाधिवेशन प्रतिनिधी विष्णु बोमरेल लगायतका नेताहरुले काँग्रेसमा स्वागत गरेका थिए ।

पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति हिमालदत्त श्रेष्ठले एमाले लगायतका कम्युनिष्टहरुबाट जनताहरु आजित भइरसकेपछि पूर्वी पाल्पादेखि पश्चिमसम्मका युवाहरु यतिबेला काँग्रेस प्रवेश गर्न थालेको बताए । जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने सभापति श्रेष्ठले विश्वास व्यक्त गरे । उनले नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन समेत सबैलाई आग्रह गरे । सभापति श्रेष्ठले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको समेत बताए । कार्यक्रममा पार्टी सचिव सन्तोष थापा मगरले सबै नागरिक अट्ने पार्टी नेपाली काँग्रेस मात्र भएकाले ढिलो चाँडो काँग्रेसलाई बुझेर आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको धारणा व्यक्त गरे । उनले काँग्रेसको विचार र सिद्धान्तमा कोही पनि विचल्लित नहुन नेता कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा महासमिति सदस्य बिधान श्रेष्ठ र पूर्व महाधिवेशन प्रतिनिधी विष्णु बोमरेलले नवप्रवेशीहरुलाई काँग्रेसको विचार र सिद्धान्तलाई अंगालेर पार्टी प्रवेश गरेकोमा स्वागत गरेका थिए । नेपाली काँग्रेसका वडा सदस्य हेम कुमारी आलेको सभापतित्व, देवबहादुर आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update