Shittalpati
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल

गुल्मी, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ । काँग्रेसले गूल्मी आएका मन्त्रीरानासँग जिल्ला अस्पतालको अवस्था, जिल्लाका विकास निर्माणका योजनाहरु, लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचन, आउँदो स्थानीय तह, प्रदेशको निर्वाचन, ५ दलीय गठबन्धनको प्रदेश तहको अवस्था र समसामयिक विषयवस्तुको केन्द्रीत रहेर छलफल गरेको हो ।

छलफलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ र नेपाली काँग्रेस जिल्लास्थित नेताहरुको सभागीता रहेको थियो । छलफलमा काँग्रेसले उर्जा, जलस्रोत र सिँचाइ सम्बन्धी जिल्लामा भएका समस्याहरु मन्त्री रानासामु राखेका थिए । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले मन्त्रालयबाट गुल्मीसहित समग्र लुम्बिनी प्रदेशमा जनताको भावना बुझेर सहयोग गर्नमन्त्री रानालाई आग्रह गरेका थिए । काँग्रेस जिल्लाका सभापति खिलध्वज पन्थीले जिल्लाबाट प्रदेश तथा केन्द्रमा पटकपटक थुप्रै मन्त्रीहरु बनेपनि सर्वसाधारणको जीविकोपार्जनसँग जोडिएर केही काम नभएकाले त्यसतर्फ प्रदेशले ध्यान दिनको लागि मन्त्री रानालाई आग्रह गरेका थिए । जिल्ला सभापति पन्थीले विकास निर्माणको सन्दर्भमा प्रदेशभर एकैनासले अघि बढ्न समेत आग्रह गरे । छलफलमा मन्त्री रानाले आफ्नो मन्त्रालयबाट हुने सबै काम पारदर्शी, समानुपातिक तथा जनताको भावना अनुरुप हुने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update