Shittalpati
विप्लव नेतृत्व नेकपाको पाल्पामा जनसभा

पाल्पा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पाल्पामा जनसभा गरेको छ । नेकपाले आफ्नो स्थापना दिवसको अवसरमा जनसभा गरेको हो ।

सभामा नेकपाका नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो । जनसभालाई नेकपाका केन्द्रीय सदस्य भेषराज भुषालले सम्बोधन गरेका थिए । सभालाई सम्वोधन गर्दैै नेता भुषालले प्रचण्डले क्रान्तिलाई धोका दिएको बताए । उनले अहिले प्रचण्डलाई छोडेर आफुहरु नयाँ क्रान्तिको दिशामा अगाडि बढेको धारणा व्यक्त गरे । संसद्वादी पार्टीको कारणले अहिले विदेशी हस्तक्षेप बढेको समेत उनले आरोप लगाए । नेता भुषालले अमेरिकाले शैन्य हस्तक्षेप गर्ने रणनीति अनुसार एमसीसी सम्झौता नेपालमा आएको बताए । उनले नेपालको खनिज पदार्थमाथि हस्तक्षेप बढाउने भारत लगायत विदेशीले नोपलका संसदवादी दलहरुलाई रनभुल्ल पारेर हस्तक्षेप गरिरहेको जिकिर गरे ।

कार्यक्रममा नेकपा पाल्पाका इञ्चार्ज धिरेन्द्रा उपाध्याय, जिल्ला सेक्रटेरी भुवन जिसी, जनपरिषद् नेपालका पाल्पा जिल्ला प्रमुख मीन बहादुर आले नेपाल, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निसान विक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update