Shittalpati
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले आफ्नो जनतालाई अनसभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले पाल्पाले आयोजना गरेको पत्रका भेटघाट कार्यक्रममा मन्त्री रानाले आफ्नो कार्यकालमा जनतालाई अनुभूति हुने गरी काम गर्ने बताएका हुन् ।
उनले भने ‘आफु जतिञ्जेलसम्म मन्त्रीमा रहन्छु त्यत्तिञ्जेलसम्म इमान्दार र कर्तव्यनिष्ठ भई लाग्ने छु ।’ मन्त्री रानाले पाल्पाको समस्याको रुपमा रहेको विद्युतको समस्यालाई हल गर्ने प्रतिवद्ध व्यक्त गरेका छन् । उनले पाल्पाको विद्य्त् समस्या समाधानका लागि आफुले सग्दो प्रयास गर्ने बताए । मन्त्री रानाले विद्युत् पुग्न नसकेका ठाउँहरुमा विद्युत् पु¥याउने प्रतिवद्धता व्यक्त समेत गरे । उनले कृषिको आधार सिँचाई भएकाले सिँचाई नपुगेका स्थानमा पर्याप्त मात्रमा सिँचाईको सुविधा पुर्‍याउने बताए ।
सिद्द्बाबाको सडक आफ्नो मन्त्रालय अन्तर्गत नपर्ने भएता पनि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी स्तरउन्नतीको काम गर्न पहल गर्ने समेत मन्त्री रानाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

फरक प्रसंगमा मन्त्री रानाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र दलको विकल्प दल नै भएको धारणा व्यक्त गरे । दल प्रति जनताको बितृस्णा उत्पन्न भएकाले आफुले कामको माध्यमबाट वितृस्णा चिर्ने उनले बताए । महासंघका अध्यक्ष रिखीराम रानाको अध्यक्षता, कोषाध्यक्ष मुक्ती न्यौपानेको स्वागत, सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update