Shittalpati
लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन सिफारिस

पाल्पा, मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादवलाई बर्खास्त गरेर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद्को बैंठकले गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरेको छ । बैंठकले गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई केपी शर्मा ओली नेतृत्वको नेकपा(एमाले) सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक प्रदेश प्रमुख फेरिएका हुन् । बर्खास्ती र नियुक्तिका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update