Shittalpati
आज वी.पी. स्मृति दिवस मनाइँदै

पाल्पा, प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । नेता कोइरालाको योगदानको स्मरण गर्दै मनाइँदै छ ।


साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् । कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेसले आज उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दे छ । आजकै दिन अर्थात साउन ६ गते वी.पी. कोइरालाको देहवासान भएको थियो । उनको योगदानको स्मरणमा काँग्रेसले प्रत्यक बर्ष आजका दिन वी.पी.लाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ । कोरोना महामारीबीच पनि देशभर विभिन्न कार्यक्रम गरेर वी.पी. स्मृति दिवस मनाउन लागिएको पाल्पा काँग्रेसले जनाएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका वी.पी.को योगदान अतुलनीय छ । कांग्रेसको नेतृत्व गर्दै कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । कोइराला प्रधानमन्त्री बनेका बेला बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । जुन अहिले पनि निक्कै महत्वपूर्ण मानिन्छन् । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनलाई नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिन्छ । कोइरालाका थुप्रै कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ उपन्यास निकै चर्चित छन् । ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ लगायत कृति पनि प्रकाशित छन् ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update